ad ad

खेल


एमबाप्पेले कीर्तिमानी गोल गर्दा नान्टेजविरुद्ध पीएजसीको रोमाञ्चक जित

एमबाप्पेले कीर्तिमानी गोल गर्दा नान्टेजविरुद्ध पीएजसीको रोमाञ्चक जित

नेपालखबर
फागुन २१, २०७९ आइतबार ७:२६, काठमाडौँ

केलियन एमबाप्पेले क्लबको कीर्तिमानी गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएजसी) ले फ्रेन्च लिग वानमा नान्टेजविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ। 

एमबाप्पेले खेलको ९२औँ मिनेटमा गोल गर्दै पीएजसीको गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका एडिन्सन काभानीलाई पछि पारेका छन्। 

योसँगै गत डिसेम्बरमा २४ वर्ष पुगेका फ्रान्सेली फरवार्डले आफूलाई सुपरस्टारका रुपमा स्थापित गरेका छन्। 

दुई विश्वकप खेलेका एमबाप्पेले सन् २०१८ मा उपाधि जित्दा २०२२ मा सर्वाधिक गोलकर्ताको बन्दै गोल्डेन बुट जितेका थिए। 

सन् २०१७ मा मोनाकोबाट कीर्तिमान मूल्यमा पीएसजी आएका एमबाप्पेले चार लिग वान उपाधि जितेका छन्। 

यो सिजन उनले ३० गोल गर्दा ८ असिस्ट दिएका छन्। क्लबलका लागि उनले २४७ खेलमा ८५ गोल गरे। 

शनिबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलमा नान्टेजलाई ४–२ गोल अन्तरले हरायो। 

पीएसजीको जितमा लियोनेल मेस्सी, डानिलो पेरेइरा र एमबाप्पेले गोल गरे। एक गोल उपाहार पायो। नान्टेजका लुडोभिक ब्लास र इग्नाटिएस गनागोले गोल गरे।

खेलको १२औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। १७औँ मिनेटमा जाओविन हड्जामले आत्मघाती गोल गरेपछि पीएसजीले २–० ले अग्रता बनाउने मौका पायो। 

खेलको ३१औँ मिनेटमा लुडोभिकले गोल गर्दै खेललाई २–१ को स्थितिमा फर्काए। ३८औँ मिनेटमा गनागोले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याउँदै नान्टेजलाई खेलमा फर्काएका थिए। 

तर खेलको ६०औँ मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए। इन्ज्युरी समयमा थप गरिएको दोस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–२ को रोमाञ्चक जित दिलाए। 

जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको २६ खेलबाट ६३ अंक भएको छ। 

गएरातिकै अर्को खेलमा लेन्स र लिलीले एक/एक को बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .