खेल


पीएनजीविरुद्ध दबाब बढाउँदै नेपाल, चार विकेट लियो

पीएनजीविरुद्ध दबाब बढाउँदै नेपाल, चार विकेट लियो

फाइल तस्बिर


नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १३:३१, काठमाडौँ

आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले चार विकेट लिएको छ। 

दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ गरेको पीएनजीले २३ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ। 

नेपालका लागि सन्दीप लामिछानेले एक विकेट लिए। ओपनर टोनी उरा र किपलिन डोरिगाले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे।

सन्दीपले ११ औँ ओभरको तेस्रो बलमा किपलिनलाई एलबीडब्लु धरापमा पार्दै उनीहरुको साझेदारी तोडेका हुन्। 

पीएनजीका मुख्य ब्याटर सेसे बाउ ११ रनमा रन आउट भए। बाउलाई कुशल मल्लको बलमा विकेट किपर आशिफ शेखले रन आउट गराए। 

टोनी उरा ३९ रनमा सोमपाल कामीको बलमा क्याच आउट भए। ५१ बलको सामना गरेका टोनीले २ चौका र १ छक्का हाने। 

पछिल्लो पटक कप्तान असद भालालाई कुशल मल्लले पवेलियन फर्काएका छन्। १९ बलमा ११ रन बनाएको अवस्थामा भाला कुशलको एलबीडब्लु धरापमा परेका हुन्। 

नेपालले पछिल्लो समय दबाब बढाउँदै लाँदा पीएनजीको टप अर्डर धर्मराएको छ। ताजा अवस्थामा पीएनजीले २३ ओभर खेल्दै ४ विकेटको क्षतिमा ९१ रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .