ad ad

खेल


लिग २ : युएईद्वारा नेपाललाई २०८ रनको लक्ष्य

लिग २ : युएईद्वारा नेपाललाई २०८ रनको लक्ष्य

नेपालखबर
फागुन १८, २०७९ बिहिबार १५:१०, काठमाडौँ

आसिफ खानको अर्धसतकको मद्दतमा युएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले ८ विकेटको क्षतिमा २०७ रन बनाएको हो। 

युएईका लागि ओपनर आसिफ खानले ७२ रन जोडे। उनले ९९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्। 

भृतिया अरविन्दले १८, कप्तान रिजवानले २२, आरयन लाक्राले २८ रन जोडे। रोहन मुस्तफा ५२ रनमा नटआउट रहे। 

युएईलाई सामान्य लक्ष्यमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा मात्रै २७ रन खर्चिएर महत्वपुर्ण विकेट हात पारेका हुन्।

यस्तै करण केसी, आरिफ शेख र कुसल मल्लले समान एक विकेट हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .