आईसीसी यू–१९ एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली युएईसँग खेलिरहेको छ।
युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा नेपालले २१ ओभरमा समाप्तीमा ३ विकेट गुमाएर ८५ रन बनाएर खेलिरहेको छ।
आजको खेलमा नेपालले युएईले पराजित गरे आगामी वर्ष श्रीलंकामा हुने विश्वकप खेल्नेछ।
नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको छ। दिपक बोहोरा शुन्य र अर्जुन कुमाल ३ रनमा आउट भए। आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए।
सातौँ ओभरमा मुख्य बलरलाई गुमाएको नेपालका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले नेपालको इनिङस् सम्हालिरहेका छन्।
देव ४१ र उत्तम २५ रनमा क्रिजमा नटआउट छन्।
छनोटमा नेपाल र युएई मात्र अपराजित छन्। तर नेटरनरेटका आधारमा युएई शीर्ष र नेपाल दोस्रो स्थानमा छ।
नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो।
Shares
प्रतिक्रिया