ad ad

खेल


यू१९ विश्वकप वानडे छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर पराजित

यू१९ विश्वकप वानडे छनोटमा नेपालको विजयी सुरुवात, सिंगापुर पराजित

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १८:२४, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप एक दिवसीय एशिया क्षेत्र छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। 

शुक्रबार भएको पहिलो खेलमा सिगांपुरलाई ९६ रनले पराजित गर्दै नेपालले विजय सुरुवात गरेको हो। 

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो। 

आर्यन मोदीले बनाएको ५८ रन नै सिंगापुरका लागि सर्वाधिक रह्यो। सिद्धान्त श्रीकान्तले ४४ र अुर्जन नागपालले १४ रन थपे। अभ्युदय चाजर १४ रन बनाउँदा रिटार्यड हर्ट भए। 

सिंगापुरलाई कम स्कोरमा रोक्न नेपालका सुवास भण्डारीले २ तथा हेमन्त धामी र विशाल विक्रम केसीले एक एक विकेट लिए। 

त्यसअघि युएईको इडेन गोर्डन ओभल आजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमआ ७ विकेटको क्षतिमा २ सय ६१  रनको योगफल तयार पारेको थियो। 

डेब्यु खेलमै आकाश त्रिपाटीले ७८ रनको सर्वाधिक योगदान दिए। १ सय बलको सामना गरेका आकाशले ७ चौका र १ छक्का मद्दतमा ७८ रन बनाउँदा क्याच आउट भए।  

विकास विक्रम केसी ६३ र सुवास भण्डारी १२ रनमा नटआउट रहे। ५४ बलको सामना गरेका विकासले ४ चौका र २ छक्का हाने। 

दोस्रो विकेटका लागि ओपनर अर्जुन कुमाल र आकाश त्रिपाटीले ९३ रनको साझेदारी गरे। अर्जुन ३७ रन बनाउँदा माहियु भाटीयाको बलमा बोल्ड आउट भए। ६७ बलको सामना गरेका अर्जुनले ३ चौका हाने। 

कप्तान देव खनाल २१ रनमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्के। दिपक बोहोरा १७ रनमा क्याच आउट भए। ओपनर दिपक बोहोरा ५ रनमा क्याच आउट भए। 

मध्यक्रममा ब्याटर दिपक बोहोरा १७ रनमा क्याच आउट भए। दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .