खेल


विश्वकप क्रिकेट लिग-२ : यूएईसँग नामिबिया एक विकेटले पराजित

विश्वकप क्रिकेट लिग-२ : यूएईसँग नामिबिया एक विकेटले पराजित

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १९:६, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नामिबियालाई एक विकेटले पराजित गरेको छ।

दुबई क्रिकेट मैदानमा बिहीबार नामिबियाले दिएको ९२ रनको चुनौती यूएईले ३३ ओभरमा ९ विकेट गुमाउँदै भेट्टाएको हो। 

विजयी भएको यूएईका आयान अफजल खानले नटआउट ३५ रन जोडेका थिए। उता बलिङतर्फ पराजित नामिबियाका तान्गेनी लुङ्गामेनीले ४, रुबेन ट्रम्पलम्यानले ३ र बेन सिकोन्जोले २ विकेट झारेका छन्। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३१ ओभर १ बलमा ९१ रन बनाउँदै सबै विकेट गुमाएको थियो। 

नामिबियाका लागि ट्रम्पलम्यानले सर्वाधिक ३० रनको स्कोर गरे। नामिबियालाई सस्तैमा समेट्न बलिङतर्फ यूएईका कार्तिक मय्यप्पन, जहुर खान र अफजल खानले व्यक्तिगत ३/३ विकेट झार्न सफल भए।

नामिबियालाई हराएपछि यूएईले २९ अंक बनाएको छ। उसले हालसम्म २७ खेल खेलेको छ। ऊ अहिले अंकतालिकाको पाँचौँ स्थानमा छ। 

अर्कातिर पराजित नामिबिया ३५ खेलबाट ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबियाको पराजयले नेपाललाई भने केही सजिलो भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .