राजनीति


माधव र उपेन्द्रसँग सिंहदरबारमा प्रधानमन्त्रीको वार्ता

माधव र उपेन्द्रसँग सिंहदरबारमा प्रधानमन्त्रीको वार्ता

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १९:१४, काठमाडौँ

यही शनिबार राष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नुपर्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० मा भत्किएको पाँच दलीय गठबन्धनका दलहरुसँग बाक्लो छलफल गरिरहेका छन्।

खासगरी नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग बाक्लो छलफल गरिरहेका प्रधानमन्त्री दाहालले बिहीबारै सिंहदरबारमा एमालेसँगको गठबन्धन टुट्ने अवस्थामा पुगिनसकेको बताएका थिए।

बिहीबार दिउँसो एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग एक्लै वार्ता गरेका उनी अहिले अन्य नेताहरुसँग पनि छलफलमा छन्।

प्रचण्डले अहिले एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि वार्ता गरिरहेका छन्। 

उक्त वार्तामा दुवै समाजवादीका अन्य नेताहरु पनि सहभागी छन्। पुस १० मा भत्किएको पाँच दलीय गठबन्धन ब्युँताउने कांग्रेसको प्रयासबीच प्रचण्डले अन्य दललाई पनि आफ्नो एजेन्डामा सहमति गराउन खोजिरहेका छन्।

प्रचण्ड सकारात्मक भएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति हुने सम्भावना बढेको छ। तर अध्यक्ष नेपालले पनि आफैं राष्ट्रपति हुने गरी पहल थालिसकेका छन्। 

यस्तोमा अहिले तीन दलका शीर्ष र दोस्रो तहका नेताहरु वार्ताका लागि सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमाा जुटेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad