रेलिगेसन क्षेत्रबाट टाढा रहनका लागि संर्घष गरिरहेको क्याडिजलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ।
आइतबार राति घरेलु मैदानमा क्याडिजलाई २–० ले पराजित गर्दै बार्सिलोनाले उपाधि होड बलियो बनाएको छ।
बार्सिलोनाको जितमा सर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले गोल गरे।
खेलको पहिलो हाफमा २–० को आरामदायी अग्रता बनाएको बार्साले सहज जित निकालेको हो।
खेलको ४३ औँ मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ३ मिनेट पछि नै रोबर्टाृ लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे।
जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले २२ खेलबाट ५९ अंक बनाएको छ। दोस्रो स्थानको रियल मड्रिडको समान खेलबाट ५१ अंक छ।
पराजित क्याडिज २२ खेलमा २२ अंक जोडेर रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि १७ औँ स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा स्प्यानोलले एल्चेलाई २–० तथा एट्लेटिको म्यड्रिडले एथलेटिको बिल्वाओलाई १–० ले पराजित गरेको छ। अर्को खेलमा रायो भ्यालेकानो र सेभिल्लाले एक एक को बराबरी खेले।
Shares
प्रतिक्रिया