ad ad

खेल


एसियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन अन्तिम साता, ४० देशका ४५० जना सहभागी हुने

एसियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन अन्तिम साता, ४० देशका ४५० जना सहभागी हुने

नेपालखबर
फागुन ७, २०७९ आइतबार १७:३९, काठमाडौँ

एसियन क्रस कन्ट्री च्याम्पियनसिपको १६औँ संस्करण फागुन अन्तिम साता हुने भएको छ। 

नेपाल एथलेटिक्स संघले आज पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप आगामी फागुन २३ गते हुने जानकारी दिएको हो। 

एसियन एथलेटिक्स संघको तत्वाधानमा हुने च्याम्पियनसिपमा नेपालसहित एसियाका ४० देखि ४५ राष्ट्रका करिब ४५० जना सहभागी हुने संघले जानकारी दिएको छ। 

काठमाडौँको गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट परिसरमा सञ्चालन हुने च्याम्पियनसिपमा सिनियर पुरुष र महिलातर्फ १० किमि, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किमि र महिलातर्फ ४ किमि गरी कुल चार विधामा स्पर्धा हुने एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिए। 

प्रतियोगिता सम्पन्न गर्न ३ करोड ६५ लाख ५५ हजार ५ सय रुपैयाँ लाग्ने संघले जनाएको छ। 

नेपालले यसअघि सन् १९९९ मा नेपालले पहिलो पटक च्याम्पियनसिप आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .