ad ad

खेल


बायर्नविरुद्ध खेल्न मेस्सी र एम्बाप्पे फर्किए, पीएसजीलाई राहत

बायर्नविरुद्ध खेल्न मेस्सी र एम्बाप्पे फर्किए, पीएसजीलाई राहत

नेपालखबर
फागुन २, २०७९ मंगलबार १३:२६, काठमाडौँ

युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ का खेलहरु मंगलबार रातिबाट सुरु हुँदैछन्। मंगलबार राति पौने २ बजे हुने खेलमा फ्रेन्च क्लब पीएसजीले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्दैछ। 

समूह एचको उपविजेता बन्दै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको थियो। बायर्न समूह सीको बिजेता हो। अन्तिम १६ को ड्र मा पीएसजीले कठिन प्रतिद्वन्द्वी पाएको हो। 

तर चोटको समस्या भोगिरहेको पीएसजीलाई यो खेलमा भने केही राहत मिलेको छ। उसको प्रमुख दुवै फरवार्ड यो खेलमा टोलिमा फर्किएका छन्। 

लियोनल मेस्सी र केलियन एम्बाप्पेले चोटका कारण पछिल्ला खेल गुमाएका थिए। दुवै स्टार नहुँदा पीएसजीले खराब नतिजा ब्यहोर्नु परेको थियो। बायर्नविरुद्ध खेल्ने टोलीमा पीएसजीले नेयमारसँगै मेस्सी र एम्बाप्पेलाई पनि समेटेको छ। 

बायर्नका भने प्रमुख फरवार्ड साडियो माने घाइते छन्। उनले पीएसजीको मैदानमा हुने पहिलो लेग गुमाउने भएका छन्। मानेबिनै बायर्नको टोली पेरिस पुगेको छ।

च्याम्पियन्स लिगका पछिल्ला ५ खेलमा बायर्न हाबी छ। ५ खेलमा पीएसजीले एक खेल मात्रै जितेको छ भने बाँही ४ खेल बायर्नले जितेको छ।

सिजन २०२०/०२१ मा भने पीएसजीले क्वार्टरफाइनलमा बायर्नलाई पराजित गरेको थियो। 

पहिलो खेल ३–२ ले जितेको पीएसजी दोस्रो लेगमा १–० ले पराजित भए पनि अवे गोलका आधारमा सेमिफाइनलमा पुगेको थियो। 

हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको पीएसजीले खेलाडीमा ठूलो लगानी गरेको छ। यसपटक पनि च्याम्पियन्स लिग जित्न नसके पीएसजीको टोलीमै उथलपुथल आउने देखिएको छ। बायर्न भने पुरानै लय कायम राख्न चाहन्छ। 

दोस्रो लेग बायर्नको घरेलु मैदानमा मार्च ९ तारिखमा हुनेछ। मंगलबार राति सोही समयमा इन्टरमिलान र टोटनह्याम पनि भिड्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .