ad ad

खेल


त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको टोली नेपाल आइपुग्यो

त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको टोली नेपाल आइपुग्यो

नेपालखबर
माघ २६, २०७९ बिहिबार १५:८, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियासम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डको राष्ट्रिय टोली नेपाल आइपुगेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन २ गते देखि सुरु हुने सिरिजका लागि स्कटल्यान्डको टोली बिहीबार नेपाल आएको हो। 

स्कटल्यान्डको टोलीले भोलि शुक्रबारदेखि मुलपानी क्रिकेट मैदानमा अभ्यास गर्नेछ। 

लिग २ को सिरिज अन्तर्गत स्कटल्यान्डको यो अन्तिम लिग हो। स्कटल्यान्डले ३२ खेलमा २२ मा जित, ८ मा हार भोग्दै ४६ अंक जोड्दै शीर्ष स्थानमा छ। स्थानमा रहेको स्कटल्यान्डले  एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ। 

यता लिगका २४ खेल खेलेको नेपालले मात्र ८ खेलमा जित र १४ खेलमा हार भोग्दै १८ अंकमा छैटौं स्थानमा छ। 

३० खेल खेलेको नामिबियाले १८ खेलमा जित र ११ मा हारसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। नामिबियाको टोली दुई दिनपछि आउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .