अस्ट्रेलियाको टी-२० टोलीका कप्तान आरोन फिन्चले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
करिब एक वर्षअघि नै एकदिवसीय क्रिकेट छाड्ने निर्णय गरेका उनले टी–२० क्रिकेटबाट पनि सन्यास लिन सक्ने अनुमान गरिएको थियो।
यद्यपी उनले आईपीएल र बीबीएल जस्ता प्रतियोगितामा भने भाग लिनेछन्।
समाचार एजेन्सी क्रिक बजका अनुसार आरोन फिन्चले मंगलबार मेलबर्न क्रिकेट मैदानमा पत्रकारहरूसँग गर्दै सन्यासबारे जानकारी गराइएको बीबीसीले जनाएको छ।
‘मैले सन् २०२४ मा हुने अर्को टी–२० क्रिकेट विश्वकपमा सहभागी नहुने कुरा बुझेको छु। खेल्न सक्छु, तब यो मेरो पद छोड्ने सही समय हो’, उनले पत्रकारसँग भनेका थिए, ‘ताकि समयमै अर्को विश्वकपको लागि तयार पार्न सकोस्।’
सन् २०२१ को टी–२० क्रिकेट विश्वकपमा फिन्चले अष्ट्रेलियाको नेतृत्व गरेका थिए।
माघ २४, २०७९, मंगलबार
प्रतिक्रिया