प्रिमियर लिग क्लब लिड्सले मुख्य प्रशिक्षक जेसी मार्शलाई बर्खास्त गरेको छ। क्लबमा आएको एक वर्ष पनि नपुग्दै क्लबले उनलाई बर्खास्त गरेको हो।
आइतरबार राति नटिङ्घम सिटीसँग १–० ले पराजित भएपछि क्लबले उनलाई बर्खास्त गरेको हो।
मार्शले टोली सम्हालेयता लिड्सले प्रिमियर लिगका २० खेलमध्ये ४ खेलमा मात्र जित निकालेको छ। ६ खेलमा बराबरी खलेको लिड्सले १० खेलमा हार व्यहोरेको छ।
मार्शले अहिलेसम्म खेलाएका ३७ खेलमध्ये ११ खेलमा जित, १० बराबरी र १६ खेलमा हारको नतिजा सामना गरेका छन्।
क्लबले उनीसँगै सहायक मुख्य प्रशिक्षक रेने मारिक। क्यामरुन टोशाक र पियरे ब्यारिउलाई पनि बर्खास्त गरिएको छ।
प्रिमियर लिगका पछिल्ला ७ खेलामा लिड्सले जित निकाल्न सकेको छैन। लिड्सले पछिल्लो पटक नोभेम्बर ५ मा जित निकालेको थियो।
प्रिमियर लिग तालिकामा लिड्स १७ औँ स्थानमा छ। गोल अन्तरको आधारमा मात्र लिड्स रोलिगेसन जोनभन्दा माथि छ।
क्लबले विज्ञप्तीमा लेखेको छ, हामी जेसी र उनको ब्याकरुप स्टाफलाई उनीहरुको प्रयासका लागि धन्यवाद दिन चाहान्छौ र भविष्यको लागि राम्रो कामना गर्दछौँ। नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया चलिरहेको छ।
प्रतिक्रिया