खेल


नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

तस्बिर : नेपाल क्रिकेट संघ


नेपालखबर
माघ २३ , काठमाडौँ

भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। 

केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। 

तर क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन। राष्ट्रिय खेलकुद परिषद्‍बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो।

क्यानले आजै दिउँसो ३ बजे यसबारे औपचारिक घोषणा तयारी गरेको छ। त्यसका लागि क्यानले होटल हायात प्यालेसमा नयाँ मुख्य प्रशिक्षकसँग पत्रकार भेटघाट कार्यक्रम राखिसकेको छ।

देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन्। उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्। 

उनले सन् २०१५ को आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए। 

क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका २४ जनामध्ये अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता गरेको थियो। 

मुख्य प्रशिक्षक मनोज प्रभाकरले गत मंसिर अन्तिम साता राजीनामा दिएपछि नेपाली प्रशिक्षकविहीन छ। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो। तर उनी चार महिना पनि टिक्न नसकेर राजीनामा दिइ फर्किए। 

को हुन् देसाई?
भारतीय मोन्टी देसाई वेष्ट इन्डिजका ब्याटिङ प्रशिक्षक हुन्। आवेदमध्येबाट देसाई नेपाल आएर जिम्मेवारी पाएका हुन्। 

वेष्ट इण्डिजसँगको सम्झौता सकिएपछि देसाई नेपाल आएका हुन्। नेपाली क्रिकेटलाई नजिकबाट नियालेका देसाईले नेपालको ब्याटिङ लाइन सुधार्ने अपेक्षा छ।

१२ वर्षदेखिको ब्याटिङ अनुभव भएका देसाईसँग अफगानिस्तान, नेपाल, युएई, क्यानडा, आईपीएल टोली गुजरात लायन्स, राजस्थान रोयल्स र भारतीय घरेलु क्रिकेटमा आन्द्र प्रदेश हेरिसकेको अनुभव छ। 

यसअघि सन् २०१७ मा नेपाली यू–१९ टोलीले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ सल्लाहकार थिए। 

सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको विश्व टी–२० छनोटमा देसाई नेपाली टोलीसँगै थिए। त्यसअघि सन् २०१४ को विश्वकपमा पनि देसाई नेपाली टोलीमा आबद्ध थिए। 
 

माघ २३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.