खेल


त्रिदेशीय सिरिज : क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी, राष्ट्रिय टोलीमा फर्किए सन्दीप

त्रिदेशीय सिरिज : क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी, राष्ट्रिय टोलीमा फर्किए सन्दीप

फाइल तस्बिर


नेपालखबर
माघ १९ , काठमाडौँ

क्रिकेट एशोसिएन नेपाल (क्यान) ले त्रिदेशीय सिरिजका लागि २० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। 

पोखरामा माघ १७ मा बसेको क्यान कार्य समिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ। 

क्यानले सअघि शुक्रबार २८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गर्दा सन्दीप र देव खनाल परेका थिएनन्।

तर नाबालिग बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार दोस्रो चरणको २० जनाको सूचीमा राखेर बन्द प्रशिक्षणमा बोलाइएको हो। अब उनी राष्ट्रिय टोलीसँगै होटलमा रहने छन्। 

यसअघि नै सन्दीपले क्यानको प्रशिक्षणस्थलतमा पुगेर अभ्यास गरेका थिए। तर सन्दीप जोडिएको बलात्कार प्रकरणमा उनको बचाउमा उत्रिएका अर्का क्रिकेटर देव खनाल भने २० जनाको सूचीमा परेनन्। 

नेपाल, नामिबिया र स्कटल्यान्डबीच आगामी फागुन २ गतेदेखि ९ गतेसम्म घरेलु मैदान कीर्तिपुरमा त्रिदेशीय सिरिज हुँदैछ। 

को को परे? 

माघ १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.