कारोबार


अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिवको कार्यविभाजन, को कहाँ?

अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिवको कार्यविभाजन, को कहाँ?

नेपालखबर
माघ १९ , काठमाडौँ

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवापछि नयाँ कार्यविभाजन भएको छ। ६ जना सहसचिव नयाँ आएका र ६ जना सरुवा भएर गएपछि अर्थमन्त्री विष्णु पौडेलले नयाँ कार्यविभाजन गरेका छन्। 

नयाँ कार्यविभाजन अनुसार धनिराम शर्माले बजेट महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्। त्यस्तै श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। 

झक्कप्रसाद आचार्य वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् भने लक्ष्मीप्रसाद निरौला प्रशासन महाशाखा प्रमुख बनेका छन्।

यस्तै, इश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख, रितेशकुमार शाक्य राजस्व व्यवस्थापन महाशाखा प्रमुख र सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा छन्। 

यसैगरी, सेवन्तक पोखरेललाई भन्सार विभाग उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ भने कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा र शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा थन्क्याइएको छ।
 

माघ १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.