ad ad

खेल


वुल्भ्समाथि म्यानचेष्टर सिटीको सहज जित

वुल्भ्समाथि म्यानचेष्टर सिटीको सहज जित

नेपालखबर
माघ ९, २०७९ सोमबार ८:९, काठमाडौँ

इर्लिङ हालान्डको ह्याट्रिकमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वुल्भ्समाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटीले वुल्भ्सलाई ३–० गोल अन्तरले पाखा लगाएको हो।

प्रिमियर लिगमा चौँथो ह्याट्रिक गरेका हालान्डले पोर्चुगिज फरवर्ड क्रिस्टियानो रोनाल्डोभन्दा धेरै ह्याट्रिक गरेका हुन्। उनले मोहम्मद सलाहसँग बराबरी गरेका हुन्। 

सिटी आएयता चम्किरहेका हालान्डले उच्च प्रर्दशन गरिरहेका छन्। जारी लिगमा हालान्डले १९ खेलमा २५ गोल गरेका छन् भने ३ असिस्ट प्रदान गरेका छन्। 

हालान्डले १४ मिनेटमा ह्याट्रिक पुरा गरेका हुन्। खेलको  ४०औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। ५०औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ५४ मिनेटमा हालान्डले ह्याट्रिक पुरा गरे। जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दुरी पनि घटाएको छ। 

गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको आर्सनलले म्यानचेष्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि होडलाई बलियो बनाएको छ। आर्सनलको १९ खेलबाट ५० अंक छ। एक खेल बढी खेलेको दोस्रो स्थानको सिटीको ४५ अंक छ। 

गएराति कै अर्को खेलमा लिड्स र ब्रेनफोर्टले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .