राजनीति


उपसभामुख इन्दिरा रानाले गरिन् रास्वपाबाट अलग भएको घोषणा

उपसभामुख इन्दिरा रानाले गरिन् रास्वपाबाट अलग भएको घोषणा

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ९, २०७९ सोमबार ८:१७, काठमाडौँ

प्रतिनिधिसभाको उपसभामुख निर्वाचित इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छिन्।

उपसभामुख रानाले सोमबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। 

‘मिति २०७९ साल ७ गते प्रतिनिधिसभाको सउपभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध रहेको राष्ट्रिय स्वपतन्त्र पार्टी (रास्वपा)को सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु।’ रानाले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।

बिहीबार भएको निर्वाचनमा रानाले १६६ मतसहित उपसभामुख पदमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad