ad ad

खेल


स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल र भ्यालेन्सिया भिड्दै

स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल र भ्यालेन्सिया भिड्दै

नेपालखबर
पुस २७, २०७९ बुधबार १९:५२, काठमाडौँ

स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल मड्रिड र भ्यालेन्सिया भिड्ने भएका छन्।

बुधबार राति १२ः४५ बने ला लिगा बिजेता रियलले कोपा डेल रे उपविजेता भ्यालेन्सियाको सामना गर्नेछ। 

बिहीबार राति बार्सिलोना र रियल बेटिस भिड्ने छन्। बेटिस गतसिजन कोपा डेल रे को विजेता तथा बार्सिलोना ला लिगाको उपविजेता हो। सुपरकपमा ला लिगा र कोपा डेल रेका विजेता र उपविजेता गरी ४ टोली मात्रै सहभागी हुन्छन्। 

सुपर कपको फाइनल जनवरी १५ मा हुनेछ। 

बार्सिलोना जारी सिजन ला लिगाको शीर्षस्थानमा रहँदा रियल दोस्रो र बेटिस चौथो स्थानमा छन्। भ्यालेन्सिया ११ औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .