ad ad

खेल


फेलिक्सलाई अनुबन्ध गर्न चेल्सी सम्झौतानजिक

फेलिक्सलाई अनुबन्ध गर्न चेल्सी सम्झौतानजिक

नेपालखबर
पुस २६, २०७९ मंगलबार ७:४९, काठमाडौँ

एथलेटिको मड्रिडका फरवर्ड जोआओ फेलिक्सलाई लोनमा अनुबन्ध गर्न इङलिस टोली चेल्सी सम्झौता नजिक पुगेको छ। 

२३ वर्षिय पोर्चुगिज फरवार्ड फेलिक्सले कतार विश्वकपका ५ खेलमा १ गोल गरेका थिए। 

फेलिक्सलाई अनुबन्ध गर्न आर्सनल र म्याने चेस्टर युनाइटेडले चासो लिएका छन्। तर उनी चेल्सीमा जाने सम्भावना बढेको छ। 

फेलिक्सलाई सन् २०१९ मा बेन्फिकाबाट एथलेटिको ल्याउने क्रममा ११३ मिलियन पाउन्ड तिरेको थियो। जुन रकम तिरेर एथलेटिकोले फेलिक्सलाई इतिहासकै सबैभन्दा महँगो पाँचौँ खेलाडी बनाएको थियो। 

एथलेटिको पुगेपछि उनले आफ्नो लयलाई निरन्तरता दिन नसक्दा अपेक्षित उचाइ लिन सकेनन्। 

पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाटै बाहिरिएपछि उनलेृ एथलेटिकोका लागि २ खेल खेलिसकेका छन्।

डिसेम्बर २९ मा एथलेटिकोले एल्चेलाई २–० ले हराउँदा फेलिक्सले एक गोल गरेका थिए। आइतबार बार्सिलोनासँगको खेलमा ७३ मिनेट मैदानमा बिताएका थिए। जुन खेल एथलेटिकोले बार्सालाई १–० ले सुम्पेको थियो। 

फेलिक्सले यो सिजन एथलेटिकोका लागि ५ गोल गर्दा ३ असिस्ट गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .