ad ad

बागमती


बागमती प्रदेशका मुख्यमन्त्रीको शपथ आज, लगत्तै मन्त्रिपरिषद् विस्तार

बागमती प्रदेशका मुख्यमन्त्रीको शपथ आज, लगत्तै मन्त्रिपरिषद् विस्तार

फाइल।


नेपालखबर
पुस २६, २०७९ मंगलबार ७:५७, काठमाडौँ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज (मंगलबार) शपथग्रहण गर्ने भएका छन्। बिहान साढे ९ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको कार्यक्रम रहेको छ। 

प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनेछन्।

शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजानेगरी तयारी भइरहेको स्रोतले बताएको छ। 

७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभाका ५ दलको समर्थनमा उनले मुख्यमन्त्री बनेका हुन्।

उनलाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .