ad ad

खेल


ब्राजिलियल फुटबल क्लबका अध्यक्षले भने– रोनाल्डोलाई हामीले पनि अफर गरेका थियौं

ब्राजिलियल फुटबल क्लबका अध्यक्षले भने– रोनाल्डोलाई हामीले पनि अफर गरेका थियौं

नेपालखबर
पुस २५, २०७९ सोमबार ८:२१, काठमाडौँ

पोर्चिगिज सुपर स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डो युरोपियन टोली छाड्दै एशियन मुलुक साउदी अरेवियन क्लब अल नासारमा आवद्ध भएपछि धेरैले उनलाई युरोपमा अवसर नपाएकाले साउदी हानिएको बताएका थिए।

तर, साउदी पुगेलगत्तै रोनाल्डोले आफूलाई युरोपका अन्य क्लबसँगै ब्राजिलियन क्लबले प्रस्ताव गरेपनि आफू अल नासार आएको बताएका थिए। उनको यो कुरालाई समेत धेरैले मजाक बनाएर उडाए। आफैलाई सान्त्वना दिनका लागि यस्तो बताएको समेत टिप्पणी भयो।

तर, ब्राजिलियन फुटबल क्लबका अध्यक्ष कोरिन्थियन्स पाउलिष्टाका अध्यक्षले आफूहरुले रोनाल्डोलाई प्रस्ताव गरेको बारे मुख खोलेका छन्। 

आफूहरुले रोनाल्डोलाई म्यानचेष्टर युनाइटेडको जतिकै पारिश्रमिकमा अनुबन्ध गर्ने प्रयास गरेपनि अल नासारले धेरै रकम अफर गरेको बताएका छन्। ‘हाम्रो क्लबले मात्र हैन अन्य क्लबले पनि उनलाई अनुबन्धको प्रयास गरेका थिए,’ कोरिन्थियन खेलकुद निर्देशक डुइलियो मोन्टेइरो अल्वेसले भने, ‘उनले निरन्तर पाउँदै आएको पारिश्रमिकलाई बढाउने प्रयास गरे।’

युनाइटेडमा २ वर्षका लागि लिँदै आएको पारिश्रमिक बराबरको अफर आफूहरुले गरेको पनि उनले बताएका छन्। उनले थपे, ‘हामीले २ वर्षका लागि उनले युनाइटेडमा लिँदै आएको पारिश्रमिक बराबरको अफर गरेका थियौँ। उनलाई युरोपका अन्य क्लबले पनि प्रस्ताव गरेका थिए, मलाई थाहा छ। तर साउदीबाट आएको प्रस्ताव २० गुणा बढी थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .