ad ad

समाज


सशस्त्र प्रहरीका चार बाहिनीपतिलाई आईजीपीले बोलाए हेडक्वार्टर

राजस्व संकलन र तस्करी नियन्त्रणबारे छलफल
सशस्त्र प्रहरीका चार बाहिनीपतिलाई आईजीपीले बोलाए हेडक्वार्टर

फाइल तस्बिर


नेपालखबर
पुस २०, २०७९ बुधबार १६:४७, काठमाडौँ

सीमामा तस्करी नियन्त्रणबारे छलफल गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसमेत रहेका बाहिनीपतिहरुलाई हेडक्वार्टर बोलाएका छन्। 

प्रदेश १ का डीआईजी कमल गिरी, मधेश प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेश प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई हेटक्वार्टर बोलाइएको हो। 

उनीहरुसँग सशस्त्र प्रहरी महानिरीक्षक अर्यायलले सीमानामा तस्करी रोक्ने कार्यलाई कसरी थप प्रभावकारी बनाउने भनेर निर्देशन एवम् छलफल गरिरहेका छन्। 

प्रधानमन्त्री र अर्थमन्त्रीले राजश्व सन्तोषजनक रुपमा उठ्न नसकेको गुनासो गरेपछि आईजीपी अर्यालले प्रदेश प्रहरी प्रमुखलाई नै हेडक्वार्टर झिकाएका हुन्। 

यस्तै सशस्त्र प्रहरीले विभिन्न कम्पनीका सञ्चालकलाई बोलाएर पनि सामानको तस्करी रोक्ने विषयमा छलफल गर्ने भएको छ। 

‘उहाँहरुलाई पनि बिहीबार हेडक्वर्टरमा बोलाएर सीमानामा हुने तस्करी रोक्ने बारेमा छलफल गर्छौं। सीमा जोडिएका चार वटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखलाई बोलाएर रिजल्ट दिने गरी काम गर्न आईजीपीले निर्देशन दिनुभएको छ’, सशस्त्र प्रहरी प्रधानन कार्यालय स्रोतले भन्यो। 

‘तपाईहरु व्यक्तिगत रुपमा राम्रा अधिकृतहरु हुनुहुन्छ। तर त्यो अनुसारको रिजल्ट किन आउन सकेको छैन। 

हामीलाई चाहिएको रिजल्ट हो। सशस्त्र प्रहरीको बारेमा सीमाना र तस्करीका विषयमा किन प्रश्न उठिरहेका छन् ? एक जनाका कारणले संगठनलाई नै बदनाम बनाउने कार्य कसैबाट नहोस्’, आईजीपी अर्यालले प्रदेशका प्रहरी प्रमुखहरुलाई भने। 

राज्यलाई परेको आर्थिक संकट टार्न सीमानामा खटिने जनशक्तिको महत्वपुर्ण भूमिका हुने भन्दै तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .