ad ad

खेल


साबिक विजेता एपीएफ अन्तिम चारबाटै बाहिरियो, संकटा उपाधिनजिक

साबिक विजेता एपीएफ अन्तिम चारबाटै बाहिरियो, संकटा उपाधिनजिक

नेपालखबर
पुस २०, २०७९ बुधबार १६:२८, काठमाडौँ

साविक विजेता नेपाल एपीएफ क्लब आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ। 

पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता एपीएफलाई ४–१ गोल अन्तरले हराउँदै संकटा क्लब उपाधि नजिक पुगेको हो। 

संकटाको जितमा स्टेफन बिनोङ र मेसुकेले दुई दुई गोल गरे। एपीएफका हरि कार्कीले शान्त्वना गोल फर्काए।

पहिलो हाफमा २ गोल भएको खेलमा बाँकी गोल दोस्रो हाफमा भयो। 

खेलको चौथो मिनेटमा नै संकटाका स्टेफनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४२ औँ मिनेटमा मेसुकेले गोल गर्दै अग्रता दोब्बर पारे। 

खेलको ६० औँ मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए। तर ७३ औँ मिनेटमा एपीएफका हरिले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। 

८५ औँ मिनेटमा मेसुकेले व्यक्तीगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए। 

साविक विजेता एपीएफका खेलाडीहरु संकटाका खेलाडीसामु खुलेर खेल्न सकेनन्। साविक विजेताको यो पटकको यात्रा सेमिफाइनल मै रोकिएको हो। 

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि बुधबार चर्च ब्वाइज युनाइटेड क्लब र भुट्नीज युथ एससी क्लबको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .