ad ad

खेल


काठमाडौंमाथि लुम्बिनीको फराकिलो जित

काठमाडौंमाथि लुम्बिनीको फराकिलो जित

नेपालखबर
पुस २०, २०७९ बुधबार १२:२१, काठमाडौँ

काठमाडौँ नाइट्सलाई १०२ रनको फराकिलो अन्तरले हराउँदै लुम्बिनी अल स्टार्स नेपाल टी२० लिगको शीर्ष स्थानमा कायमै छ। 

लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौ १५.४ ओभरमा ८१ रन जोड्दा अलआउट भयो। 

काठमाडौलाई कम स्कोरमा रोक्न लुम्बिनीका ह्यारी टेक्टर, इशान पाण्डे र कुशल भुर्तेलले समान २ विकेट लिए। किशोर महतो, विपुल शर्मा र हरमित सिंहले एक एक विकेट झारे। काठमाडौका लागि बसिर अहमदले जोडेको २२ रन नै सर्वाधिक रह्यो। कमल ऐरीले १६ रन थपे। कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको थियो। 

काठमाडौका खेलाडीहरु मैदान आउन ढिला भएपछि खेल ढिला गरी सुरु गरी १७ ओभरमा छोट्टाइएको थियो। 

पहिलो विकेटका लागि ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले ९८ रनको साझेदारी गरे। ओपनर हरमित सिंहले सर्वाधिक ७० रनको योगदान दिए। २६ बलको सामना गरेका हरमितले ८ चौका र २ चौका हाने। लाहिरु मिलान्थाले २६ रन थपे। २९ बलमा मिलान्थाले २ चौका र १ छक्का हाने। 

गुल्सन झा २१, ह्यारी टेक्टर १७ र कुशल भुर्तेल १५ रनमा आउट भए। विपुल शर्मा ५ र अनिल शा १६ रनमा नटआउट रहे। काठमाडौंका अविनाश बोहोरा एक्लैले ३ विकेट लिए। बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .