ad ad

खेल


पेलेको अन्तिम संस्कार आज, सोमबारदेखि २४ घण्टे ‘वेक’

पेलेको अन्तिम संस्कार आज, सोमबारदेखि २४ घण्टे ‘वेक’

नेपालखबर
पुस १९, २०७९ मंगलबार ८:३०, काठमाडौँ

ब्राजिलका महान् फुटबल खेलाडी पेलेको मृतआत्माको शान्तिको कामना गर्दै सोमबारदेखि २४ घण्टे ‘वेक’ (मृत्युसँग सम्बन्धित जमघट) कार्यक्रम गरिएको छ।

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो। मृतकको परिवार, आफन्त र प्रशंसकले उनको आत्मामा सैतानको प्रवेश नहोस भनी प्रार्थना गर्ने क्रिश्चियन परम्परा रहेको छ।

उनको खेल जीवनको सुरूवाती मैदानको बीचमा राखिएको मृत शरीरमाथि फुलमाला अर्पण गर्दै उक्त शोक सभा सम्पन्न भएपछि उनको क्रिश्चियन परम्परा अनुसार अन्तिम संस्कार मङ्गलबार गरिने बताइएको छ। 

तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको हो।

साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गान फेलियर’ का कारण भएको जनाएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .