ad ad

खेल


रोनाल्डोसँगै मेस्सी पनि जालान् साउदी अरेबिया? प्रशिक्षकले ठट्टा गर्दै भने : विश्वकपलगत्तै भित्र्याउन चाहन्थेँ

रोनाल्डोसँगै मेस्सी पनि जालान् साउदी अरेबिया? प्रशिक्षकले ठट्टा गर्दै भने : विश्वकपलगत्तै भित्र्याउन चाहन्थेँ

नेपालखबर
पुस १८, २०७९ सोमबार १९:१९, काठमाडौँ

साउदी अरेबियाको फुटबल क्लब अल नासरका प्रशिक्षक रुडी ग्रासियाले क्रिस्टियानो रोनाल्डोपछि अब अर्का सुपर स्टार लियोनेल मेस्सीलाई भित्र्याउन खोजेको बताएका छन्। 

रोनाल्डोका नयाँ प्रशिक्षकले आइतवार क्लबमा आयोजित पत्रकारहरुको संवादका क्रममा मेस्सीलाई कतार विश्वकपलगत्तै भित्र्याउन चाहेको भन्दै ठट्टा गरेका हुन्। 

कतारमा विश्व कप जितिसकेपछि उत्सवमा झुमिरहेका मेस्सीलाई आफूले भित्र्याउन चाहेको पनि उनले बताएका छन्।  

रोनाल्डोभन्दा मेस्सीलाई पहिले अनुबन्ध गर्न चाहेको बताएका उनले यसोभन्दा रोनाल्डो निराश हुन सक्ने भन्दै ठट्टा गरेका हुन्। 

साउदी क्लबले रोनाल्डोका लागि पैसाको खोलो बगाएको छ। स्पेनिस क्लब रियल मड्रिडले फेरि भित्र्याउने आशमा रहेका रोनाल्डो निराश हुँदै एसियाली क्लबमा आएका हु्न्।

ग्रासियाले मेस्सी भित्र्याउने कुरामा ठट्टा गरिरहँदा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले एक वर्ष सम्झौता बढाइसकेको छ।

रोनाल्डो आवद्ध क्बल अल नासरले साउदी प्रो लिग अन्तर्गत आगामी जनवरी ५ मा अल ताईसँग खेल्नेछ। रोनाल्डो उक्त खेलका क्रममा मैदानमा उत्रि सक्नेछन्। 

अल-नासरले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोडेपछि खाली रहेका रोनाल्डोलाई वार्षिक १७४ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो।

अल नासरले रियल मड्रिडमा रोनाल्डोका साथी सर्जियो रामोसलाई पनि भित्र्याउन खोजिरहेको छ। रामोस अहिले पेरिस सेन्ट जर्मेनबाट मेस्सीसँगै खेलिरहेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .