ad ad

समाज


बोझेनीमा सबस्टेसन राख्न नदिने स्थानीयको चेतावनी

बोझेनीमा सबस्टेसन राख्न नदिने स्थानीयको चेतावनी

नेपालखबर
पुस १८, २०७९ सोमबार १९:२५, काठमाडौँ

अपर तामाकोसी जलविद्युत परियोजना पीडित संघर्ष समितिले परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्न माग गरेको छ।

काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर सर्भे गरिए पनि अन्यत्र सार्न खोजिएको भन्दै सो समितिले विरोध गरेको हो।

हाल सो सबस्टेसन काठमाडौंको शंखरापुर–३ बोझेनीमा राख्न खोजिएको छ।

सोको विरोध गर्ने क्रममा बोझेनीमा सोमबार प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो।

त्यसपछि संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बोझेनीमा सबस्टेसन राख्न नदिने चेतावनी दिएको हो।

सो कार्यको विरोध गर्दा स्थानीयमाथि प्रहरीले धरपकड गर्नुका साथै लाठीचार्ज गरेको समितिले आरोप लगाएको छ।

‘एसियाली विकास बैंकको लगानीमा नेपाल विद्युत प्राधिकरणले अगाडि बढाइरहेको अपर तामाकोसी जलविद्युत परियोजनाको सबस्टेसन राख्ने, टावर प्याड राख्ने तथा तार बिछ्याउने कार्यको हाम्रो विरोध रहेको जानकारी हुँदाहुँदै पुस १७ र १८ गते प्रहरी परिचालन गरेर जनतालाई लाठीचार्ज गर्न र धरपकडको हामी घोर विरोध गर्दछौै,’ विज्ञप्तिमा भनिएको छ।

समितले पक्राउ परेकाहरुलाई तत्काल छाड्न पनि माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .