ad ad

खेल


पोखरा एभेन्जर्सद्वारा विराटनगर सुपर किंग्ससामु १ सय ४० रनको लक्ष्य

पोखरा एभेन्जर्सद्वारा विराटनगर सुपर किंग्ससामु १ सय ४० रनको लक्ष्य

नेपालखबर
पुस १३, २०७९ बुधबार १५:१५, काठमाडौँ

पोखरा एभेन्जर्सले नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्ससामु १ सय ४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्यािटङ गरेको पोखराले निर्धारित १९ ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो। पहिलो खेल सुपर ओभरमा धकेलिएपछि यी दुई टोलीबीचको खेलमा समान एक ओभर घटाइएको थियो। 

पोखराका लागि कुशल मल्लले सर्वाधिक ३७ रनको योगदान दिए। १८ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का हाने। सिद्धान्त लोहनीले २६ रन थपे। कप्तान उपुल थराङ्गा १० रनमा आउट भए। 

ओपनर सुमित महर्जनले १२ र आशिफ शेखले १० रन थपे। आरिफ शेख ३ रनमा बोल्ड आउट भए। अभिमन्यु मिथ्युम १ रनमा क्याच आउट भए। शरद भेषावकर ९ र प्रतिश जिसी ११ रनमा नटआउट रहे। 

विराटनगरका लागि हुसैन तलात र राज ननानले समा २ विकेट लिए। नन्दन यादव, एन्ड्री र सहाव आलमले समान १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .