ad ad

कारोबार


लगातार बढेपछि सेयरबजारमा ‘करेक्सन’, ११ अंकले घट्यो नेप्से

लगातार बढेपछि सेयरबजारमा ‘करेक्सन’, ११ अंकले घट्यो नेप्से

नेपालखबर
पुस १३, २०७९ बुधबार १५:१९, काठमाडौँ

यो हप्ता लगातार बढिरहेको सेयरबजारमा बुधबार भने ‘करेक्सन’ देखिएको छ। 

आज बजार परिसूचक नेप्से ११.८१ ले घटेको हो। योसँगै कारोबार रकम पनि केही घटेको छ। 

नेप्से १९७२.१५ विन्दुमा थामिएको दिन २ अर्ब १५ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको हो। 

आज बजारमा २५७ कम्पनीको ६५ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ३९ हजार ६ सय ६० पटकको किनबेचपछि उक्त परिमाणको सेयर बिक्री भएको हो। 

बुधबार ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटाको घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ। 

यसअघि मंगलबार नेप्से झण्डै ६० अंकले बढ्दा कारोबार पनि ४ अर्ब नजिक पुगेको थियो। त्यस्तै सोमबार ५६ अंकले नेप्से बढ्दा २ अर्बको कारोबार भएको थियो। आइतबार भने क्रिसमस डेको कारण सार्वजनिक विदा थियो। 

कसले कमाए? 
आजको सेयर कारोबारमा तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र धौलागिरि लघुवित्तको सेयर उक्त दरले बढ्दा लगानीकर्ताले क्रमशः प्रतिकित्ता २९.३०, ३५.७० र ८६.४० रुपैयाँ आम्दानी गरेका हुन्। 

यसबाहेक खप्तड लघुवित्तको ९.९९ प्रतिशत र सृजनशील लघुवित्तको पनि ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। 

आज महुली लघुवित्तका सेयरधनीले सर्वाधिक ५.२० प्रतिशत गुमाएका छन्। उनीहरुले प्रतिकित्ता ५६ रुपैयाँ नोक्सानी व्यहोरेका हुन्। त्यस्तै अजोड इन्स्योरेन्सका सेयरधनीले ४.०६ प्रतिशत, सामुदायिक लघुवित्तका सेयरधनीले ३.९३ प्रतिशत, नाडेप लघुवित्तका सेयरधनीले ३.६५ प्रतिशत र ओरेन्टल होटल्सका सेयरधनीले ३.६४ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ। 

नबिल बैंकको सर्वाधिक कारोबार 
बुधबार नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको ८ करोड ८५ लाख ९१ हजार रुपैयाँको सेयर कारोबार भएको हो। यसबाहेक रिडी पावरको ८ करोड, माथिल्लो तामाकोशीको ७ करोड ८४ लाख, हिमालयन डिस्टिलरीको ७ करोड २४ लाख र प्राइम बैंकको ५ करोड ९६ लाखको सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .