ad ad

खेल


फारवेस्ट र लुम्बिनीबीचको खेल सुपरओभरमा

फारवेस्ट र लुम्बिनीबीचको खेल सुपरओभरमा

नेपालखबर
पुस १३, २०७९ बुधबार १२:३५, काठमाडौँ

नेपाल टी २० लिगमा लुम्बिनी अल स्टार र फरवेष्ट युनाइटेडबीचको खेल सुपर ओभरमा पुगेको छ। 

फारवेस्टले दिएको १३८ रनको लक्ष्य अलस्टारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै भेट्टाएपछि खेल सुपर ओभरमा गएको हो। 

अलस्टारका लागि ओपनर लाहिरु मिलान्थाले ३४ रनको योगदान दिए। २० बलको सामना गरेका उनले २ चौका र ४ छक्का हाने। विपुल शर्माले ३१ रन बनाउँदा रन आउट भए। २७ बलको सामना गरेका उनले १ चौका र २ छक्का हाने। गुल्सन झा ३६  सागर ढकाल १ रनमा नटआउट रहे। सुनिल धमाला, कुशल भुर्तेल, शुन्य रनमा आउट भए। 

फाररवेस्टका लागि शेर मल्ल र करण केसीले समान २ विकेट लिए। रसिद खान, उमैर अली, हस्तमुल्लाह शाहिदी र भुवन कार्कीले एक एक विकेट झारे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अल स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो।

फरवेष्टका ओपनर देव खनाल ४८ र हसिम अन्सारी ११ रनमा पवेलियन फर्के। ४२ बलको सामना गरेका देवले ५ चौका हाने। कप्तान हस्मतुल्लाह शाहिदी ३२ र भिम सार्की १५ रनमा आउट भए। २९ बलको सामना गरेका शाहिदीले ३ चौका हाने। 

विनोद भण्डारी ११ रनमा एलबीडब्लु धरापमा परे। करण केसी १२ र उमैर अली १ रनमा नटआउट रहे। लुम्बिनीका स्याड्ली भानले २ तथा हरमित सिंह, किशोर महतो र सागर ढकालले एक एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .