ad ad

खेल


लुम्बिनीलाई पोखराले दियो १३४ रनको लक्ष्य

लुम्बिनीलाई पोखराले दियो १३४ रनको लक्ष्य

नेपालखबर
पुस १२, २०७९ मंगलबार १०:५२, काठमाडौँ

नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्ससामु १३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रनको योगफल तयार पारेको छ। 

एक समय ८ ओभर २ बलमा २० रन बनाउँदा दुई विकेट झरेको अवस्थामा रहेको पोखराको तेस्रो विकेटका लागि युपुल थराङगा र कुशल मल्लले ९६ रनको साझेदारी गरेपछि पोखराले सम्मानजनक योगफल तयार पारेको हो। थराङगा ४२ रनको योगदान दिँदै पवेलियन फर्के। ५१ बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हाने। 

कुशल मल्ल ६१ रनमा आउट भए। ३१ बलको सामना गरेका कुशलले ५ चौका र ५ छक्का हाने। कुशल मल्लले २४ बलमा ३ चौका र ५ छक्का हान्दै अर्धशतक पूरा गरेका थिए। 

कप्तान शरद भेषावकर ५ रनमा क्याच आउट भए। ओपनर अमिर हम्जा ४ र आशिफ शेख ६ रनमा आउट भए। ३ ब्याटर शुन्य रनमा आउट भए। 

लुम्बिनीका लागि साड्ली भान एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २७ रन खर्चे। किशोर महतोले २ विकेट झारे। सागर ढकाल, गुल्सन झा र हरमित सिंहले एक एक विकेट आफ्नो नाममा गरे। 

लगातार दुई खेलमा हार भोगेको पोखरा पहिलो जितको खोजीमा छ। लुम्बिनी भने लगातार तेस्रो जित निकाल्न चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .