ad ad

खेल


लेवान्डोस्की भन्छन्– मेस्सीसँग खेल्ने हरेक स्टाइकरको सपना हुन्छ

लेवान्डोस्की भन्छन्– मेस्सीसँग खेल्ने हरेक स्टाइकरको सपना हुन्छ

नेपालखबर
पुस ११, २०७९ सोमबार ८:५५, काठमाडौँ

पोल्याण्ड तथा बार्सिलोनाका स्टाइकर रोबर्ट लेवान्डोस्कीले अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीसँग फुटबल खेल्ने हरेक स्टाइकरको सपना हुने गरेको बताएका छन्। एक अतर्वार्तामा लेवान्डोस्कीले विश्वकपमा पनि आफूले मेस्सीसँग राम्रो कुराकानी भएको उल्लेख गरेका हुन्। 

लेवान्डोस्कीले विश्वकपमा मेस्सीसँग के कुरा भएको थियो भन्ने खुलाउन भने चाहेनन्। लेवान्डोस्कीले पहिलो खेलमा साउदी अरेबियासँग हारे पनि अर्जेन्टिना उपाधिको दाबेदार त्यतिबेला नै रहेको बताए। 

मेस्सी बार्सिलोनामा फर्किन सक्ने हल्ला चलिरहेको बेला के मेस्सीसँग खेल्न चाहनुहुन्छ? भनेर उनलाई प्रश्न सोधिएको थियो। यसको जवाफमा उनले भने, ‘यो ममा निर्भर गर्ने कुरा होइन। तर, अवश्यक पनि हामीले अहिलको अवस्थामा उनले धेरै खेल बनाउने किसिमको खेल देखाइरहेका छन्। सायद उनले धेरै गोल नगर्लान् तर उनले आफ्ना टोलीका अन्य साथीहरुलाई अवसर दिलाउँछन्।’ 

उनले थपे, ‘त्यसो त उनले गोल पनि गरिरहेका छन्। यसअघिको तुलनामा अहिले उनी यस्ता खेलाडी बनेका छन् कि जुनसुकै स्टाइकरको लागि उनसँग खेल्नु सपना हुन्छ।’ 

च्याम्पियन्स लिगको समूह चरणबाटै बार्सिलोना बाहिरिनुको कारणबारे बोल्दै लेवान्डोस्कीले आफूहरुलाई जित्नलाई कसरी खेल्नुपर्छ भन्ने कुरा थाहा नभएकाले हारको सामना गर्नुपरेको बताए। यद्यपि आफूहरुले च्याम्पियन्स लिगमा निकै राम्रो प्रयास गरेको उल्लेख गरे। उनले अघिपछि राम्रै खेल भइरहँदा पनि च्याम्पियन्स लिगमा भने आफूहरुको दिन राम्रो नरहेको बताए। 

लेवान्डोस्कीले ला लिगाको तीन खेलमा प्रतिबन्धको विषयमा पनि आफूलाई यति ठूलो सजाय दिनुपर्ने गल्ती गरेको जस्तो नलागेको बताए। उनले आफूले रेफ्रीलाई केही नभएको दाबी गरे। 

लेवान्डोस्कीले आफूले बार्सिलोनासँग गरेको चार वर्षको सम्झौता पूरा गर्ने विश्वास पनि व्यक्त गरे। आफू त्यसको लागि तयार रहेको र सोहीअनुसार नै खेलिरहेको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .