ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले दौरा–सुरुवालमा शपथ खाने

प्रधानमन्त्री प्रचण्डले दौरा–सुरुवालमा शपथ खाने

नेपालखबर
पुस ११, २०७९ सोमबार ८:५८, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पद तथा गोपनीयताको शपथ खाँदै छन्। 

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्रीको शपथ समारोह सोमबार अपराह्न ४ बजे आयोजना हुनेछ।

यसैबीच यसपटक प्रचण्डले दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ खाने तयारी रहेको उनको सचिवालयले जनाएको छ। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा–सुरुवालमा शपथ खान लागेका हुन्। यसअघि उनले टाइ–सुटमा शपथ खाएका थिए। 

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूले आज शपथ खाने कार्यक्रम  छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .