ad ad

खेल


नेपाल टी२० लिगको विजेतालाई ५५ लाख, दोस्रो र तेस्रो हुनेलाई कति?

नेपाल टी२० लिगको विजेतालाई ५५ लाख, दोस्रो र तेस्रो हुनेलाई कति?

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १२:२२, काठमाडौँ

भोलि शनिबारदेखि सुरु हुनलागेको नेपाल टी२० लिगको विजेताले पाउने पुरस्कार राशी निर्धारण गरिएको छ। 

यसअनुसार प्रतियोगिताको विजेताले ५५ लाख पाउने भएको छ। त्यस्तै दोस्रो हुने टोलीले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउनेछ। 

चौथो हुने टोलीले पनि ५ लाख रुपैयाँ हात पार्ने भएको छ। त्यसैगरी प्लेयर अफ दि सिरिजले ५ लाख पाउँदा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान साढे २ लाख पाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। त्यस्तै उदीयमान खेलाडीले पनि १ लाख ८० हजार पाउनेछ। 

सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा हुनलागेको हो। शनिबार काठमाडौं नाइट्स र पोखरा एभेन्जरले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्। 

यस्तो छ खेल तालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .