ad ad

खेल


अर्जेन्टिनाले १००० को नोटमा राख्यो मेस्सीको तस्बिर र हस्ताक्षर

अर्जेन्टिनाले १००० को नोटमा राख्यो मेस्सीको तस्बिर र हस्ताक्षर

नेपालखबर
पुस ६, २०७९ बुधबार १७:५७, काठमाडौँ

कतारमा आयोजित विश्वकप फुटबलको उपाधि जिताउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले उनको तस्बिरअंकित नोट जारी गरेको छ।

फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि उचालेर घर फर्किएलगत्तै अर्जेन्टिनाले मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो। 

विश्वकप जितेपछि मेस्सीको तस्बिरअंकित पेसोको १००० को नोटमा उनकै हस्ताक्षर पनि रहेको छ।

मेस्सीले देशलाई ३६ वर्षपछि विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए। उनले त्यसक्रममा सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए। 

अहिले अर्जेन्टिना विश्वकपको खुसीमा झुमेको छ। त्यहाँको राजधानी ब्युनसआयर्सकै सडकमा करिब ५० लाख मानिस निस्किएर खुसीयाली मनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .