खेल


विश्वकप अघि अर्जेन्टिना आज युएईसँग भिड्दै

विश्वकप अघि अर्जेन्टिना आज युएईसँग भिड्दै

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १६:४१, काठमाडौँ

विश्वकप फुटबल खेल्न कतार जानुअघि आज अर्जेन्टिनाले मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाली समय अनुसार राति सवा ९ बजे आवुधावीको मोहम्मद विन जायद रंगशालामा खेल हुनेछ। 

मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको टिम आवुधावि पुगिसकेको छ। युएई तुलनात्मक रुपमा कमजोर टोली हो। फिफा ¥याकिङमा अर्जेन्टिना तेस्रो र युएई ७० औं स्थानमा छन्। 

विश्वकपमा टिमसेटका लागि अर्जेन्टिना युएईसँग खेल्न लागेको हो। अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ। युएईसँगको खेल जित अपराजित कीर्तिमान बाट अर्जेन्टिना एकखेल टाढा हुनेछ। युएईसँगको खेलपछि अर्जेन्टिनाको टिम सिधै कतार प्रस्थान गर्नेछ। 

विश्वकपमा समूहमा सी मा रहेको अर्जेन्टिनाको पहिलो खेल मंसिर ६ गते दिउँसो पउने ४ बजे साउदी अरेवियासँग पहिलो खेल खेल्नेछ। मंसिर १० गते मध्यराति मेक्सिकोसँग र १४ गते राति १२ः ४५ बजे मेक्सीकोसँग खेल्ने तालिका छ। 

समूह सीमा लियोनेल मेस्सीको टोली अर्जेन्टिनालाई बलियो टोलीको रुपमा हेरिएको छ। यसपटकको विश्वकपमा अर्जेन्टिना पनि प्रमुख दाबेदार टोली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .