ad ad

राजनीति


धरानमा प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसा, मुक्साम हाङलाई मन्त्री बनाइदिने

धरानमा प्रचण्डले गरे हर्क साम्पाङको प्रशंसा, मुक्साम हाङलाई मन्त्री बनाइदिने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १६:४५, काठमाडौँ

सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका लागि सुनसरी क्षेत्र नम्बर १ स्थित धरान पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यहाँका मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन्। 

हर्क मेयरमा निर्वाचित भएपछि धरानको खानेपानी संकट टार्ने कोसिसमा रहेका उनको प्रचण्डले प्रशंसा गरेका हुन्। 

'धरानको खानेपानी संकट टार्नका लागि हर्कजीले निर्वाचित भएदेखि नै कोसिस गरिरहनु भएको छ। अब हामी केन्द्रबाट पनि बजेट पारेर कोसीको पानी ल्याउँछौँ', उनले भने, 'हामी मंसिरमा एउटा ठूलो जनमत संग्रहमा जाँदैछौँ। 
यसबीचमा प्रतिगमन हुन खोज्यो।विकास र समृद्धिले गति लिन सकेन।' 

अहिले राजावादी र सामन्तीहरुको गठबन्धन पनि रहेको बताउँदै उनले विकास निर्माणलाई राजनीतिक परिवर्तन अनुकुल बनाए मात्रै अघि बढ्न सकिने उल्लेख गरे। 

'धरानबासीलाई पानी खुवाउने हर्कजीको यो चहानालाई केन्द्रबाट पनि बजेट पारेर पूरा गर्छौँ', उनले भने, 'यहाँको मेयरलाई धन्यवाद भन्छु पानीको समस्या हल गर्न मिहिनेत गर्दे हुनुहुन्छ। त्यो दु:खलाई सबैलाई सम्मान गर्छौँ हर्कजीको योजनालाई पूरा गर्छौँ।' 

उनले सुनसरी क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उठेका मुक्साम हाङ मेयाङ्बो (मुकेश) लाई जिताएर पठाए मन्त्री बनाइदिने बचन दिए। 

त्यसक्रममा उनले कांग्रेसका उमेश थापालाई मन्त्री बनाउने नभने पनि सघाउनेसम्मको आश्वासन दिन भ्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .