ad ad

खेल


टी–२० विश्वकप फाइनल : पाकिस्तानलाई पहिलो झड्का

टी–२० विश्वकप फाइनल : पाकिस्तानलाई पहिलो झड्का

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १४:१४, काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानलाई पहिलो झड्का लागेको छ। 

ओपनर मोहम्मद रिजवान १५ रनमा बोल्ड आउट हुँदै पवेलियन फर्के। रिजवानले १४ बलमा १ चौका हाने। उनी चौथो ओभरमो दोस्रो बलमा आउट भए। 

मेलवर्नमा इङल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले यो समाचार तयार पार्दासम्म ४.२ ओभरमा १ विकेट गुमाएर २९ रन बनाएर खेलिरहेको छ। 

कप्तान बाब अजाम ११ रन बनाएर खेलिरहेका छन्। 

इङल्याण्डका साम कुरानले पहिलो विकेट लिदै टोलीलाई सफलता दिलाएका थिए। 

इङल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। 

पाकिस्तानले भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो। 

आइतबारको खेलमा जित हात पार्ने टोलीले दोस्रोपटक टी२० विश्वकप क्रिकेटको उपाधि जित्नेछ। 

यसअघि पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले सन् २०१० मा टी२० विश्वकपको उपाधि उचालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .