ad ad

खेल


‘ठूला राष्ट्रले खेलकुदको महत्व बुझेका छन्, अन्तर्राष्ट्रिय इभेन्ट गर्न तँछाडमछाड गर्छन्’

‘ठूला राष्ट्रले खेलकुदको महत्व बुझेका छन्, अन्तर्राष्ट्रिय इभेन्ट गर्न तँछाडमछाड गर्छन्’

फाइल फोटाे


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १८:१२, काठमाडौँ

अभिनेता राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले खेलकुद खेलमा मात्रै सिमित नभइ समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए। उनले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता भएको बताए।

उनले खेलकुदले राष्ट्रमा मात्रै सिमित नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले खेलकुदलाई बुझेर विकास गर्न जरुरी रहेको बताए। नायक हमालले ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय स्तरका खेलहरुको आयोजना गर्न तँछाडमछाड गर्नुको कारण देशको अर्थतन्त्र, राजनीतिक चुनौती र सामाजिक कुरालाई सन्तुलन बनाइराख्न पनि भुमिका खेल्ने बताए।

हमालले भने, ‘स्पोर्टिङ इभेन्ट्स खालि एउटा स्पोर्ट्समा मात्रै निर्धारित नभएर स्पोर्टिङ इभेन्ट्सले समाजलाई ऐक्यवद्धता गर्ने, युनाइट गर्ने गर्नेपनि ठूलो भुमिका खेल्ने गर्छ। स्पोर्टिङ इभेन्ट्स उत्साहजनक रुपमा कुनै एउटा शहरमा, राष्ट्रमा हुन्छ, त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि बेग्लै किसिमको प्रभाव पारेको हुन्छ। राष्ट्रिय स्तरमा दर्शकले दिएको माया, उत्साहहरुले विभिन्न किसिमका चुनौतीका बाबजुद पनि चाहे राजनीतिक चुनौती होस्, चाहे सामाजिक, आर्थिक चुनौती होस्, कहीँ न कहीँ राष्ट्रमा सन्तुलन छ। एउटा अर्गनाइज हिसावले चलेको छ भन्ने छवि बसाल्छ। त्यसैले खेलकुदको त्यो महत्व छ। ठूला राष्ट्रहरु अन्तर्राष्ट्रिय इभेन्टका लागि तँछाडमछाड गर्नुको अर्थ त्यही नै हो। त्यसको पछाडि आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रिय नक्शामा प्रभुत्वका साथ राख्ने उनीहरुको उद्देश्य हुन्छ।’

हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .