काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसन स्कुलका दुई विद्यार्थीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पदक जितेका छन्।
यही कात्तिक १९ देखि २१ गते (नोबेम्बर ५–७) थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय हिरोज भर्चुअल तेक्वान्दो प्रतियोगितामा प्रशिक्षणरत तेक्वान्दो खेलाडी कृपा खपाङी र अन्स श्रेष्ठले स्वर्ण जितेका हुन्।
९ वर्ष उमेर समूहमा फिल्पिन्सलाई हराउँदै कृपाले स्वर्ण जितिन् भने १२ वर्ष उमेर समूहमा अस्ट्रेलियाका खेलाडीलाई पछि पार्दै अन्सले स्वर्ण जितेका विद्यालयका खेल प्रशिक्षक दीपक दुलालले जानकारी दिए।
यस्तै, विद्यालयले एक रजत र चार कास्य पदक जित्न सफल भएको छ।
सुसान भुजेलेले रजत जितेका हुन् भने कृतिका कट्वाल, युनिका खतिवडा, न्युटन खत्री र अपेक्षा ढुङगानाले कास्य पदक जित्न सफल भएको प्रशिक्षक दुलाले बताए।
प्रतियोगितामा नेपाल लगाएत १७ वटा विभिन्न राष्ट्रका ५०० भन्दा बढी विभिन्न उमेर समूह र विधामा खेलाडी सहभागी थिए।
प्रतियोगितामा फेरिल्याण्ड स्कुलका खेलाडीले अनलाइन सहभागिता जनाएका थिए।
विद्यालयले दुई स्वर्णसहित सातवटा पदक जित्न सफल भएकोमा गौरव लागेको विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले बताए।
Shares
प्रतिक्रिया