राजनीति


धरानमा हर्क साम्पाङलाई वडाध्यक्षहरुको असहयोग, कार्यपालिका बैठकमै गएनन्

मेयरले माफी माग्नुपर्ने वडाअध्यक्षहरुको अडान
धरानमा हर्क साम्पाङलाई वडाध्यक्षहरुको असहयोग, कार्यपालिका बैठकमै गएनन्

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १७:३५, धरान

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई नेपाली कांग्रेस र नेकपा एमालेबाट विजयी उम्मेदवारहरुले असहयोग जारी राखेका छन्।

बिहीबार दिउँसो २ बजेको लागि डाकिएको बैठकमा दुवै दलबाट निर्वाचित वडाअध्यक्षहरु अनुपस्थित भएका हुन्। 

उक्त बैठकमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल र वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा मात्रै थिए। 

प्रदेश सरकारले वनमन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा सार्वजनिक विदा दिए पनि मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र वरिष्ठ प्रशासकीय अधिकृत कार्यालय आएका थिए। 

दिउँसो ३ बजेसम्म उनी वडाअध्यक्षहरुलाई कुरेर कार्यकक्षमै बसेका थिए। तर कार्यपालिका सदस्य र वडाअध्यक्षहरु नआएपछि बैठक नै बस्न सकेन। 

मेयर साम्पाङले बैठक बोलाए पनि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु नआएको बताए। उनले उनीहरु बैठकमा नआउनुको कारण पनि बुझ्न नसकेको उल्लेख गरे। 

साम्पाङले माफी माग्नुपर्ने कारण नभएको बताउँदै निरन्तर बैठकमा नआएर काम नगरे उनीहरुको राजीनामा माग्न धरानबासीलाई लगाउने उल्लेख गरे।

 उपमेयर बेघाले यसलाई ठूलो मुद्दा बनाएर जान नहुने बताए। जनता र नगरप्रति सबैजना जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad