ad ad

खेल


विश्वकपको फाइनलमा पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

विश्वकपको फाइनलमा पुग्न पाकिस्तानलाई १५३ रनको लक्ष्य

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १५:३१, काठमाडौँ

आइसीसी टी–२० विश्वकपको फाइनल प्रवेशको लागि पाकिस्तानले १ सय ५३ रनको लक्ष्य पाएको छ।

सिड्नीमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४  विकेटको क्षतिमा १ सय ५२ रनको योगफल तयार पारेको हो। डेली मिचेलले अर्धशतक प्रहार गरे। उनले ३२ बलमा ३ चौका र १ छक्का मद्धतमा अर्धशतक पुरा गरे। 

चौंथो विकेटका लागि कप्तान केन विलियम्स र डार्ली मिचेलले ६८ रनको साझेदारी गर्दै इनिङ्स उकालेका थिए। 

कप्तान केन ४६ रन बनाउँदा शहिन शा अफ्रिदीको बलमा बोल्ड आउट भए। ४२ बलको सामना गरेका केनले १ चौका र १ छक्का हान्दै ४६ रन हाने। 

ओपनर फिन एलिन ४ रनमा सहिन शाह अफ्रिदीको बलमा एलबीडब्लु धरापमा परे। डिभोन कोनवे २१ रन बनाउँदा रनआउट भए। ग्लेन फिलीप ६ रनमा क्याच आउट भए। 

डेली मिचेल ५३  र जेम्स निसाम १६ रनमा नटआउट रहे। 

पाकिस्तानका सहिन शा अफ्रिदीले २ विकेट झारे। मोहम्मद नवाजले १ विकेट आफ्नो नाममा गरे। 

न्युजिल्याण्ड समूह एको विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान भने समूह बी को उपविजेताको हैसियतमा अन्तिम ४ को यात्रा तय गरेको थियो। अर्काे सेमिफाइनलमा बिहीबार भारत र इंग्ल्याण्ड भिड्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .