कतार विश्वकपको संस्मरणमा कतार सेन्ट्रल बैंक (क्यूसीबी)ले कतारी रियल २२ सार्वजनिक गरेको छ।
क्युसीबीले फिफा र सुप्रिम कमिटी फर प्रोजेक्ट्स एण्ड लिगेसीसँग मिलेर ब्धबार फिफा र विश्वकपको लोगो भएको २२ कतारी रियालको बैंक नोट र सिक्का सार्वजनिक गरेका हो।
विश्वकप ट्रफी र कतार २०२२ को लोगोसहितको मुद्राको एकतर्फ लुसैल स्टेडियमको तस्बिर र अर्कोतर्फ अल बैत स्टेडियम रहेको छ।
यी दुई रंगशाला विश्वकपको उद्घाटन र फाइनल खेल हुने स्थान हो। नोटमा कतारको राष्ट्रिय प्रतीक, स्काई लाइन, परम्परागत डुङ्गा र जुबारा फोर्ट पनि राखिएको छ।
यो मुद्रा लिन चाहनेले बैकमा सम्पर्क गर्नुपर्ने हुन्छ। यो नोट र सिक्का कतार पुग्ने जो सुकैले पनि लिन सक्नेछन्।
Qatar Central Bank unveils World Cup commemorative banknote#Qatar #Doha #Qatar2022 #FIFAWorldCupQatar2022 pic.twitter.com/J88uN6VRlL
— The Peninsula Qatar (@PeninsulaQatar) November 9, 2022
Shares
प्रतिक्रिया