ad ad

खेल


यूईएफए : प्रि-क्वार्टरफाइनल खेल तालिका सार्वजनिक हुँदै

यूईएफए : प्रि-क्वार्टरफाइनल खेल तालिका सार्वजनिक हुँदै

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ९:१५, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वार्टरफाइनल खेलका लागि सोमबार खेल तालिका सार्वजनिक हुँदै छ। 

गत साता समूह चरणका खेल सकिएसँगै आज सोमबार स्विटजरल्यान्डमा ६८औँ च्याम्पियन्स लिगको अन्तिम १६ का लागि खेल तालिका सार्वजनिक गरिने भएको हो। 

प्रि–क्वार्टरफाइनलका खेलहरु विश्वकप सकिएपछि अर्थात् फेब्रुअरी १४ मा सुरु हुनेछ। फेब्रुअरी १४ मा धेरैले प्रेम दिवस मनाइरँहदा फुटबल समर्थकले भने युरोपको शीर्ष डिभिजनको फुटबलको सेलिब्रेट गर्नेछन्। 

अन्तिम १६ को पहिलो लेगको खेल फेब्रअरीको १४, १५, २१ र २२ सम्म हुनेछ। दोस्रो लेग भने मार्च ७, ८, १४ र १५ सम्म हुनेछ। 
अन्तिम १६ मा ८ समूहका विजेता टोलीले अर्को समूहको उपविजेतासँग खेल्नेछन्। 

पट ए मा समूह विजेता टोली नेपोली, पोर्टाे, बार्यन म्युनिख, टोटनहम, चेल्सी, रियल मड्रिड, म्यानचेस्टर सिटी र बेन्फिका छन्। 

पट बीमा लिभरपुल, क्लब ब्रुग, इन्टर मिलान, इन्ट्राच फ्रान्कफर्ट, एसी मिलान, आर बी लिपजिग, डर्टमुन र पीएसजी छन्। 

अन्तिम १६ को खेल सकिएपछि क्वार्टरफाइनल र सेमिफाइनलको ड्र मार्च १७ मा हुनेछ। क्वार्टरफाइनलका खेल अप्रिल ११, १२, १८ र १९ मा हुनेछ। सेमिफाइनलका खेल मे ९, १० र १६,१७ मा हुनेछ। फाइनल भिडन्त जुन १० मा इस्तानबुल एटाटुक ओलम्पिक स्टेडियममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .