ad ad

खेल


बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

बंगलादेशलाई हराउँदै पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १३:१४, काठमाडौँ

बंगलादेशलाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। 

पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। 

समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ। आजै हुने भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ। 

बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर मोहम्मद रिजवान र बाबर अजामले ५७ रनको साझेदारी गरे। 

रिजवानले ३२ बलमा २ चौका र १ छक्का हान्दै ३२ रन बनाएर पवेलियन फर्के। कप्तान बाबर अजाम ३३ बलमा २ चौका हान्दै २५ रनमा आउट भए। मोहम्मद नजाव ४ रनमा रनआउट भए। 

बंगलादेशका नसुम अहमद र इबादोत हुसेनले समान एक विकेट झारे। 

त्यसअघि एडिलेडस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२७ रनको योगफल तयार पारेको थियो। 

दोस्रो विकेटका लागि सौम्य सरकार र नजमुल हुसेन सान्टोले ५२ रनको साझेदारी गरे। सौम्य सरकार २० रनमा पवेलियन फर्किए। ओपनर नाजमुल ५४ रनमा आउट भए। 

यता समुह ए बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले अन्तिम चारको यात्रा तय गरिसकेका छन्। समान अंक भएपनि अष्ट्रेलिया नेट रनरेटमा पछि पर्दै बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .