काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेलले भ्रष्टाचारीलाई ठेगान लगाउन आफूले चुनाव जित्नैपर्ने दाबी गरेकी छिन्। बिहीबार निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले आफूले हार्नलाई नभइ जित्नलाई उम्मेदवारी दिएको बताइन्।
‘सरकारबाट बजेट आउँछ, तर त्यो बजेट सही ठाउँमा उपयोग हुनसक्दैन, के अब देश भ्रष्टहरुलाई सुम्पिने हो?’ पोख्रेलले भनिन्।
विकासको कामढिला भइरहेकोप्रति असन्तुष्टि जनाउँदै समयमा ती काम सिद्ध गर्न आफू संसदमा पुग्नैपर्ने उनको भनाई छ।
उनले शिक्षाका लागि छुट्याइएको बजेट सही ठाउँमा सदुपयोग नहुँदा शिक्षा क्षेत्र ओझेलमा परेको उल्लेख गरिन्। नेपालमा भनेअनुसारको रोजगार र आम्दानी नहुँदा युवाहरुमा विदेश जान वाध्य भएको भन्दै उनीहरुलाई रोजगारयुक्त सीपमुलक व्यवसायिक तालीमको आवश्यकता रहेको औल्याइन्।
Shares

प्रतिक्रिया