ad ad

खेल


स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक

स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक

नेपालखबर
असार १०, २०७६ मंगलबार ८:३७,

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत चारवटा विधागततर्फका मनोनयन मंगलबार सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर बर्ष उत्कृष्ट पुरुष, महिला, युवा तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनीक गरेको हो। 

अवार्डका लागि मञ्चले गठन गरेको खेलाडी छनोट समितिले लामो समय अध्ययन गरि तयार पारिएको बर्षका उत्कृष्ट पुरुष विधाको खेलाडी मनोनयनमा प्याराग्लाईडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कर्मी, गल्फका शुक्रराज राई, जुडोका ईन्द्रबहादुर श्रेष्ठ रहेको छन्।

त्यस्तै, बर्ष महिला खेलाडीको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङ रहेका छन्।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन्।

त्यस्तै प्रशिक्षकमा प्याराग्लाईडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरी खड्का मनोनयनमा परेका छन्।

मञ्चले यसअघिनै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनीक गरिसकेको छ। एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिने पिपल्स च्वाईसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन्। 

बर्ष पुरुष खेलाडी, महिला, प्रशिक्षक र पिपल्स च्वाईस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाईकल प्राप्त गर्नेछन् । अन्य विधाका उत्कृष्टले जनही ५० हजार नगद सहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

खेलाडीको प्रदर्शन कस्तो?

बर्ष २०७५ का उत्कृष्ट महिला खेलाडी

सावित्रा भण्डारी (फुटबल)
–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन
–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान
–महिला साफ च्याम्प्यिनसिपमा उपविजेता सहित सर्वाधिक गोलकर्ता बन्न सफल
–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी
–प्रधान सेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोल कर्ता
–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार)

सरस्वती चौधरी (भलिबल)
–शेरबहादुर खड्का स्मृति कप विजेता र उत्कृष्ट खेलाडी
–प्रथम सभामुख कप, रोल्पामा पहिलो र उत्कृष्टखेलाडी
–आरबिबी–एनभिए लिग, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी
–तिज महोत्सव, राष्ट्रिय भबिल पोखरा, पहिलो र उत्कृष्ट खेलाडी
–आदीआवादी लिग, काठमाडौं दोस्रो
–२२औं राष्ट्रिय महिला भलिबल, बाग्लुङ पहिलो र उत्कृष्ट खेलाडी
–दोस्रो न्युडायमण्ड कप, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी
–दोस्रो सभामुख कप, पोखरा पहिलो र उत्कृष्ट खेलाडी
–ढोरपाटनकप, काठमाडौं पहिलो र उत्कृष्ट खेलाडी
–दिदी बहिनी कप पहिलो र उत्कृष्ट खेलाडी
–आइजिपि कप, काठमाडौं पहिलो

सिता रानामगर (क्रिकेट)

–घरेलु र नेपाली महिला क्रिकेटले गतबर्ष खेलेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा अलराउण्ड प्रदर्शन

–थाइल्याण्डमा भएको उमेन्स टी–२० स्म्यासमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी

–पाँच खेलबाट कूल १ सय ३८ रन । प्रतियोगितामा सर्वाधिक रन बटुल्ने चौथो खेलाडी ।
–टी–२० स्म्यासमा तीन विकेट लिन सफल
–थाइल्याण्डमै सम्पन्न आईसीसी उमेन्स टी–२० वल्र्डकप एसिया रिजन क्वालिफायरमा कूल आठ विकेट र ब्याटिङमा पनि सर्वाधिक ४२ रन सहित ७७ रन जोड्न सफल

नीमा गुरुङ (तेक्वान्दो)
–युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक
–युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपमा टिम स्पर्धामा पनि रजत
–दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत
–फुजैरा ओपन तेक्वान्दोमा कास्य पदक
–एसियाली खेलकुदमा सहभागी 

मनिता श्रेष्ठ प्रधान जुडो
–थाईल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपकी स्वर्ण विजेता खेलाडी
–दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा कांस्य पदक
–दक्षिण एसियाली जुडो च्याम्पियनशिपको टिम स्पर्धामा रजत पदक
–एसियन गेम्स र विश्व जुडो च्याम्पियनशिपमा सहभागी

 

बर्ष २०७५ का उत्कृष्ट पुरुष खेलाडी

युकेश गुरुङ ( पाराग्लाइडिङ )
–१८औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा रजत विजेता
–स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ड कपमा कांस्य पदक विजेता
–एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा पाँच मध्ये चार चरणमा गोल पूरा
–एसियाडको डेब्यु खेलमै सर्वाधिक स्कोर, स्वर्णका लागि केवल २७ अंकले पछि
–जापानले कुल ११ हजार ३ सय ९१ र नेपालले ११ हजार ३ सय ६४ स्कोर गर्दै क्रमशः स्वर्ण र रजत जित्यो

पारस खड्का (क्रिकेट)

–नेपाललाई पहिलो एकदिवसीय श्रृंखला जिताउने कप्तान
–युएईलाई तीन म्याचको एकदिवसीय श्रृंखलामा २–१ ले हराउँदा महत्वपूर्ण प्रदर्शन
–अन्तिम तथा निर्णायक खेलमा नेपाली क्रिकेट इतिहासकै पहिलो शतक प्रहार गर्दै नेपाललाई जित उन्मुख गराउन सफल
–पारसकै कप्तानीमा नेपाललाई आईसिसि टी–२० बिश्वकप एसिया रिजनल क्वालिफायरको उपाधि
–नेपालले एक बर्षमा खेलेका सबै एकदिवसीयमा बलिङ्ग र ब्याटिङ्ग दुबैतर्फ दमदार प्रदर्शन
–पारसले नेदरल्यान्ड्सलाई हराएर पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितेको खेलमा अर्धशतक प्रहार र अन्तिम ओभरमा निर्णायक बलिङ्ग

 

सोमपाल कामी (क्रिकेट)

–नेपालले खेलेका हरेक प्रतियोगिताहरुमा उल्लेखनीय प्रदर्शन । युएईलाई एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखलामा पराजित गर्दा बलिङ्ग र ब्याटिङ्ग दुवै तर्फ महत्वपूर्ण प्रदर्शन
–युएईबिरुद्धको दोश्रो एकदिवसीयमा पाँच विकेटको प्रदर्शन
–नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पाँच विकेट लिने पहिलो खेलाडी
–युएई भ्रमणमा कुल एघार विकेट

 

शुक्रबहादुर राई (गल्फ)
–व्यावसायिक खेलाडीलाई पछि पार्दै सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जित्न सफल
–सूर्य नेपाल गल्फ टुरको तीन एमेच्योर उपाधि
–३४औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम इभेन्टमा स्वर्ण पदक
–भियतनाममा भएको फाल्डो सिरिज गल्फको लागि नेपालबाट छनोट

 

इन्द्र बहादुर श्रेष्ठ जुडो
–दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा स्वर्ण पदक
–भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाई हराउदै स्वर्णको हकदार
–थाईल्याण्डमा सम्पन्न युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पनि स्वर्ण विजेता
–एसियन गेम्स र विश्व जुडो च्याम्पियनसिपमा सहभागी

 

बर्ष २०७५ का उत्कृष्ट प्रशिक्षक

योगेश भट्टराई (प्याराग्लाइडिङ)

–नेपाललाई एसियाडमा २० बर्षपछि रजत पदक दिलाउँदाका मुख्य प्रशिक्षक
–नेपालमा भएको प्यााराग्लाइडिङ एक्युरिसी वर्ड कपमा नेपाली टोलीलाई कांस्य पदक जिताउन सफल
–कोरियामा भएको प्रि वर्ड कप क्रस कन्ट्रीमा नेपाली टोलीको मुख्य प्रशिक्षक
–राखेपमा भर्खर प्याराग्लाइडिङको प्रमुख प्रशिक्षकमा नियुक्त, आगामी सागको जिम्मेवारी
–नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङलाइडिङका सल्लाहकार

हरि खड्का (फुटबल)
—साफ महिला च्याम्पियनसिप २०१९ उपविजेता
—हिरो गोल्डकप २०१९ उपविजेता
—२०२० ओलम्पिक छनोट एसिया क्षेत्र (पहिलो चरण पार गरेर दोस्रो चरण प्रवेश)

धनीराम चौधरी (एथलेटिक्स)
–एपीएफका धनीराम चौधरीको प्रशिक्षकत्वमा १७ वर्षीय धावक अजीत यादव हङ्कङमा भएको तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियन्सीपमा तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सकेन्ड समय लगाएर ४५ राष्ट्रका धावकलाई पछाडि पार्दै स्वर्ण पदक जित्न सफल ।
–नेपालले एथलेटिक्समा अहिलेसम्म एसियालीस्तरमा जितेको यो पहिलो स्वर्ण
–एसियाली खेलकुदमा उनकै रेखदेखमा प्रशिक्षण गरेका आठ हजार मिटर दौडमा सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान
–एसियाली खेलकुदमै महिला आठ हजार मिटर दौडमा व्यक्तिगत समय सुधार्ने धाविका सरस्वती भट्टराईका प्रशिक्षक

जगत टमाटा (क्रिकेट)

–नेपाललाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रंखला जिताउने प्रशिक्षक
–उनकै प्रशिक्षणमा नेपालले युएईलाई तीन म्याचको श्रंखलामा २–१ ले हराउन सफल
–टमाटाकै प्रशिक्षणमा नेपाललाई युएईबिरुद्ध नै तीन म्याचको टी–२० श्रृंखलाको उपाधि
–नेपाली क्रिकेट इतिहासको पहिलो एकदिवसीय श्रंखलामा नेदरल्यान्ड्सबिरुद्ध बराबरी गर्न सफल
–नेपालले आईसीसी टी–२० विश्वकप एसिया रिजनल क्वालिफायर बी को उपाधि जित्न सफल

ज्ञानेन्द्र बिष्ट (भलिबल–एपिएफ)
–शेरबहादुर खड्का स्मृति कपमा पहिलो
–रोल्पामा भएको प्रथम सभामुख कपमा उत्कृष्ट प्रशिक्षक
–आरबिबी एनभिए लिग, काठमाडौं पहिलो
–तिज महोत्सव राष्ट्रिय महिला भलिबल पोखरा पहिलो र उत्कृष्ट प्रशिक्षक
–आदीआवादीलिगमा उपविजेता
–२२औं राष्ट्रिय महिला भलिबल, बाग्लुङ पहिलो
–दोस्रो न्युडायमण्ड कपमा पहिलो र उत्कृष्टप्रशिक्षक
–दोस्रो सभामुख कप, पोखरा पहिलो र उत्कृष्ट प्रशिक्षक
–ढोरपाटन कप, काठमाडौं पहिलो र उत्कृष्ट प्रशिक्षक
–दिदी बहिनी कप, पहिलो र उत्कृष्ट प्रशिक्षक
–आइजिपि कप, काठमाडौं पहिलो र उत्कृष्ट प्रशिक्षक

 

बर्ष २०७५ का उत्कृष्ट युवा खेलाडी

अजित कुमार यादव (एथलेटिक्स)
–राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण
–तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण
–२३औं एसिएन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रि«य किर्तिमानमा सुधार
–काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण
–बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण
–मदनभण्डारी रोडे रेस ५ किमिमा स्वर्ण

प्रिन्स दाहाल (ब्याडमिन्टन)
–दुबई जुनियर ईन्टरनेशनल सिरिजको यू– १५ मा स्वर्ण पदक
फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा हराउँदै किर्तिमान
–उमेर समुहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
–प्रेसिडेन्टस कप जुनियर ईन्टरनेशनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा स्वर्ण पदक
–साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक
–अन्नपूर्ण ईन्टरनेशनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
–जेष्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिगल्समा कांस्य
–आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू– १७ मा स्वर्ण
–प्रथम दुर्गा देवी अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
–१५औं कृष्ण मोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू–१७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

मन्जली कुमारी योन्जन (फुटबल)
–साफ महिला च्याम्पियनसिप उपविजेता
–हिरो गोल्डकप २०१९ उपविजेता
–२०२० ओलम्पिक छनोट एसिया क्षेत्र (पहिलो चरण पार गरेर दोस्रो चरण प्रवेश)
–साफ यू–१८ च्याम्पियनसिप उपविजेता
–एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा दोस्रो चरण प्रवेश

ललितनारायण राजवंशी (क्रिकेट)
– उत्कृष्ट बलिङ गर्दै राष्ट्रिय क्रिकेट टोलीमा नियमित रुपमा स्थान बनाउन सफल
– आईसीसी टी–२० बिश्वकप एसिया रिजनल क्वालिफायर बी मा कूल ११ विकेट लिने खेलाडी
– मलेसियामा भएको एसीसी एसिया कप क्वालिफायरमा किफायती बलिङ गर्दै तीन विकेट लिन सफल
– युएईलाई टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा पराजित गर्दा निर्णायक खेलमा दुई विकेट लिन सफल
– प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीयमा ६ विकेट लिने बायाँ हाते स्पिनर

विजय श्रेष्ठ (कराँते)
–१५औँ एसियन प्यासिफिक सितेरियो कराँते च्याम्पियपिमा ५५ केजीमा स्वर्ण विजेता
–पहिलो राउन्डमा बाई पाएका उनले हङकङ, चिन र श्रीलंकाका खेलाडीलाई हराएर स्वर्ण
–टोकियोमा भएको नवौँ अन्तर्राष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा ६० केजी मुनि कांस्य
–पहिलो चरणमा चिन, दोस्रो चरणमा हङकङका खेलाडीलाई हराएपछि सेमिफाइनलमा काजकस्तानका खेलाडीसँग पराजित । यद्यपि तेस्रो स्थानमा लागि भएको खेलमा आइभरिकोस्टका खेलाडीलाई जितेर पदक जित्न सफल ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .