निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ६० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ।
कम्पनीले मंगलबार बाराको सिमरामा विशेष साधारणसभा गरेर उक्त प्रस्ताव पारित गरेको हो।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको विशेष साधारणसभाबाट चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।
साविक ६४ करोड १५ लाख २० हजार चुक्ता पुँजीबाट हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुने बताइएको छ।
3
Shares
प्रतिक्रिया