ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि एपीएफको सहज जित

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममाथि एपीएफको सहज जित

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १४:११, काठमाडौँ

काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत मंगलबार भएको खेलमा एपीएफ क्लबले सुदूरपश्चिममाथि १० विकेटको सहज जित हात पारेको छ।

सुदूरपश्चिमले दिएको ६८ रनको झिनो लक्ष्य पछ्याएको एपीएफले ११ ओभर २ बलमा विना कुनै विकेटको क्षतिमा ७० रन बनाएको हो। एपीएफका लागि आसिफ शेखले ४२ तथा प्रदीप ऐरीले २५ रनको पाली खेले। 

यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कप्तान राजु रिजालले २४ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमलाई झिनो रनमा रोक्ने क्रममा एपीएफका भुवन कार्कीले ४ तथा कमल ऐरी र मौसम ढकालले २/२ विकेट लिए। 

यससँगै एपीएफले दुई खेलबाट ४ अंक हात पारेको छ। यसअघि पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .